पोखरा । हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन्।
मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङ गाउँमाथि सानुसरी भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। आइतबार साँझसम्म खोजी गर्दा जहाज फेला पर्न नसकेपछि सोमबार बिहानै खोजी सुरु गरिएको हो।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज १० बजेर ७ मिनेटपछि सम्पर्क विहीन भएको थियो। पोखरादेखि जोमसोम उडेको उक्त तारा एयरको जहाजमा रहेका सबैको मृत्यु भएको आशंका गरिएको छ।
जहाजमा चालकदलका ३ सदस्य, ४ भारतीय र २ जना जर्मनसहित ६ विदेशी र अन्य १३ जना नेपाली यात्रु गरी २२ जना सवार थिए।
सम्बन्धित समाचारः
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
जहाजमा अर्का पाइलट बसन्त लामा पनि सवार थिए
पोखराबाट मुस्ताङतर्फ उड्यो सेनाको हेलिकोप्टर
ब्रेकिङ न्यूजः मुस्ताङमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
सम्बन्धित खबर
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच
पुन मगर समाजको ब्याडमिन्टन कभर्ड हल उद्घाटन
पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर, १ सय २५ जनालाई स्वास्थ्य सेवा
भिटोफ गण्डकीको दशौं साधारण सभा धिताल गाउँमा सम्पन्न
२५ करोडमा बन्दैछ गण्डकी प्रदेशको संसद भवन
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य