मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त तारा एअरकाे विमानमा अर्का क्याप्टेन बसन्त लामा पनि सवार थिए । काठमाडौंको बालुवाटार बस्ने लामा तारा एयरको क्याप्टेन हुन् ।
२०७४ मा पनि लामा विमान दुर्घटनामा परेका थिए । हुम्लाको सिमकोटबाट सुर्खेत उडेको तारा एयरको ट्विनटर दुर्घटना हुँदा वसन्त क्याप्टेन थिए । सो दुर्घटनामा लामा र सह–पाइलट अमित गुरुङ घाइते भएका थिए । तर, यसपटक वसन्त तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटरसँगै अस्ताएका छन् ।
जेठ १५ मा विहान जोमसोम–पोखराको ४ उडान सकेपछि उनले तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर आफ्ना सहकर्मी क्याप्टेन प्रभाकर घिमिरेलाई हस्तान्तरण गरेका थिए ।
भोलिपल्ट फेरि उनको उडान भर्ने ड्युटी थियो । आइतबारको छुट्टी मनाउन जोमसोम जाने निर्णय गरेर लामा आफैंले हस्तान्तरण गरेको जहाजमा जोमसोम उडे । तर, विडम्बना पोखराबाट उडेको १२ मिनेटपछि ट्विनअटर दुर्घटना हुँदा क्याप्टेन लामा र प्रभाकर घिमिरे दुवैजनाको पोखरा फर्किने योजना अपुरो भएको छ ।
क्याप्टेन लामाले हस्तान्तरण गरेको जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । घिमिरेसँगै लामाको पनि सो उडान अन्तिम भएको छ । वसन्त यति ग्रुपसँग १९९८ देखि आवद्ध भएका हुन् । उनका बुवा पनि नेपाल एयरलाइन्सका क्याप्टेन हुन् ।
सम्बन्धित समाचारः
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
सम्बन्धित खबर
लोमान्थाङमाथि ४६ सय ४५ मिटर उचाइमा गल्फ प्रतियोगिता
पोखरामा पक्राउ परेका जुवाडेमा मुस्ताङ घरपझोङ अध्यक्ष पनि, प्रहरीलाई नै नाम ढाँटे
मुस्ताङको कागबेनीमा बाढीको बितण्डा, दुई दर्जन घरसहित प्रहरी चौकी र पुल बगायो [तस्वीरहरू]
मुस्ताङबाट ५ लाख चोरेर भागेका व्यक्ति ४ महिनापछि भक्तपुरबाट पक्राउ
धादिङका बस चालक र भारतीय पर्यटकको मुस्ताङमा लेक लागेर मृत्यु
फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि