‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आए, छाेराछाेरीसहित दुर्घटनामा परे

‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आए, छाेराछाेरीसहित दुर्घटनामा परे

indian-family-01

काठमाडौं। तारा एयरलाइन्सको ट्वीनेटर दूर्घटनामा मारिएका २२ यात्रुमा भारतको महाराष्ट्रस्थित मुम्बई ठाणेको एकै परिवारका ४ जनाको निधन भएको भारतीय दूतावासले पुष्टी गरेको छ।

हालसम्म १४ यात्रुको मात्र शव फेला परेको छ। भारतीय दूतावासका अनुसार तारा एयरलाइन्समा यात्रा गर्ने ४ भारतीय नागरिकमा अशोक त्रिपाठी (५४), उनको श्रीमती वैभवी बान्देकर त्रिपाठी (५१), छोरा धनुष त्रिपाठी (२२) र छोरी ऋतिका त्रिपाठी (१८) वर्षका थिए। उनीहरू पोखराबाट मुक्तिनाथ दर्शनका लागि जोमसोम उडेका थिए।

भारतीय समाचार एजेन्सीहरूका अनुसार अशोक र उनको श्रीमती वैभवी केही समयदेखि छुट्टाछुट्टै बसोबास गरिरहेका थिए। उनीहरूको डिभोर्स हुन लागेको थियो। डिभोर्सका लागि उनीहरूको कागज अदालतमा दर्ता भएको थियो। दुवै छोरा–छोरी आमा वैभवीसँग बसोबास गर्थे। अदालतको फैसला आउनु भन्दाअघि उनीहरू १० दिनको छुट्टी मनाउन नेपाल आएका थिए।

समाचार एजेन्सीका अनुसार अशोकसँगै उनको काकाको छोरा पनि नेपाल आउन लागेका थिए। तर, अन्तिम समयमा उनले आफ्नो योजना परिवर्तन गरेका थिए। नेपालमा विमान दूर्घटना भएको खबर पाएपछि वैभवीका छिमेकीले भने, ‘यो निरास पार्ने खबर थियो। हामी स्तब्ध छौं।’ वैभवीको घरमा बुढी आमा मात्र छिन्। घटनाको खबर सुनेपछि उनको आँखाबाट आशु रोकिएको छैन। केही दिनअघि मात्र उनको अपरेसन भएको थियो।

वैभवी मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्सस्थित एउटा प्राइभेट कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा कार्यरत थिइन। छोरा धनुष पनि इन्जिनियरिङमा स्नातक थिए भने छोरी ऋतिका स्कुलमा अध्ययनरत थिइन।

अशोकको ओडिसामा एचआर कन्सल्टेन्सी फर्म छ। उनी पाँच भाई–बहिनीमा चौथो नम्बरका हुन्। उनको घरका धेरै जसो सदस्य पूणेमा बसोबास गर्छन। घटनाको जानकारी पाएपछि पुरै परिवार राती पूणे पुगेको मिडियाले बताएको छ। अशोकका बुवा जिल्ला न्यायाधीस थिए। ११ वर्षअघि उनको निधन भएको थियो। २०२० मा उनको आमाको पनि निधन भएको थियो।

अशोक २६ मेमा मुम्बई पुगेका थिए र त्यहीबाट परिवार बोकेर नेपाल आएका थिए।

सम्बन्धित समाचारः

अमेरिकाबाट आएका दिदीबहिनी बुबाआमासहित मुक्तिनाथ जाँदा परे दुर्घटनामा, फर्किँदैछन् छोरा

अर्का क्याप्टेन वसन्त लामाः जाे दाेस्राे दुर्घटनामा बचेनन्, आफैले हस्तान्तरण गरेको प्लेनसँगै अस्ताए

विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्

विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ