विद्यालयबाट घर फर्किंदा भिरबाट लडेर सात वर्षीय बालकको मृत्यु

विद्यालयबाट घर फर्किंदा भिरबाट लडेर सात वर्षीय बालकको मृत्यु

balak

गोरखा । गोरखामा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ।

आरुघाट गाउँपालिका–१ कल्चेतमा भिरबाट लडेर सात वर्षीय अनमोल गुरुङको बालकको मृत्यु भएको हो।

विद्यालयबाट घर फर्किंदै गर्दा अंगेरी टिप्न गएका गुरुङ ढुङ्गामा चिप्लिएर तल खस्दा गम्भिर घाइते भएका थिए।

घाइते गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र केरौजामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक गुरुङ चन्द्रोदय प्राविमा अध्ययनरत थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ