पोखराको नागढुङ्गाबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नं -९ नागढुङ्गाबाट लागु औषधसहित स्याङ्गजा जिल्ला पुतली बजार नगरपालिका -८ निवासी २५ वर्षीय विराज हमाल, पुतली बजार नगरपालिका -४ बस्ने २६ वर्षीय देवांस थापा र आँधिखोला गाउँपालिका -३ बस्ने २० वर्षीय मनिष पौडेललाई प्रहरीले पक्राउ गरेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनीहरुको साथबाट डाईजापाम ७० एम्पुल, फेनेरागन १२० एम्पुल र नुर्फिन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागु औषध वरामद गरेको छ।
पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धि मुद्धामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता तिवारीले बताए।
सम्बन्धित खबर
देउता चढेको भन्दै खुकुरी प्रहार गर्दा १ जनाको मृत्यु, २ गम्भीर घाइते
६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
प्रेम कालको अश्लील सामाग्री मेटाउने विषयमा विवाद, कर्णले रेवती र छोरी जलाइदिए
पोखरामा अवैध लागू औषध गाँजासहित एक जना पक्राउ
सामूहिक बलात्कारको घटना शिविरमा स्वास्थ्य परीक्षण गर्दा खुल्यो, चार पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि