पोखरा। लुकिछिपी भिडियो बनाई ठूलो रकमको माग गर्दै चरित्र हत्याको धम्की दिने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखराका एक मानिसको लुकिछिपी भिडियो बनाएर पचास लाख रुपैयाँको माग गर्ने अन्यथा सामाजिक संजालमा पोष्ट गरिदिन्छु भन्दै धाक धम्की दिने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाजुरा जिल्ला बडी मालिका नगरपालिका वडा नं -७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सिना रहेका छन्।
कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काका अनुसार तिमिल्सिनाले चरित्र हत्याको धम्की दिन थालेपछि पीडित मानिसले उनलाई तीन लाख रुपैयाँ दिएका थिए। तर, रकम मागको शृंखला नरोकिएपछि पीडितले तिमिल्सिना विरुद्ध जाहेरी दिएका थिए।
पीडितको जाहेरीको आधारमा अनुसन्धानमा खटिएको कास्की प्रहरीले तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा पक्राउ गरी पोखरा ल्याएको हो।
उनीविरुद्ध अपराधिक विश्वासघात सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान शुरु गरिएको निमित्त प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।
सम्बन्धित खबर
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
बारामा गोली हानी भारतीय युवकको हत्या
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
अशक्त २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि