तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

chituwa

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्।

बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ चितुवाले आक्रमण गर्दा आठ वर्षीया रियाना थापा घाइते भएकी हुन्।

घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको छ। अहिले बालिकाको अवस्था खतरामुक्त रहेको जनाइएको छ।

बुवाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन्। त्यही बेला चितुवाले आक्रमण गरेको र बुवाआमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ