लजमुङका ३ वटा जलविद्युत गृहबाट आज बिजुली उत्पादन बन्द, प्रसारण लाइन मर्मत गरिँदै

लजमुङका ३ वटा जलविद्युत गृहबाट आज बिजुली उत्पादन बन्द, प्रसारण लाइन मर्मत गरिँदै

kindry bijuli

लमजुङ । लमजुङमा सञ्चालित ३ वटा जलविद्युत गृहबाट आज (आइतबार) बिजुली उत्पादन बन्द गरिएको छ।

७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादि जल विद्युतगृहबाट आज विद्युत उत्पादन बन्द गरिएको हो। सोही विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द गरिएको छ।

गत वर्षको असार १९ गते आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लागि विद्युत उत्पादन बन्द गरिएको हो।

करिब १ सय ५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ