तनहुँमा चुँदी खोलाले बगाएर २ जनाको मृत्यु

तनहुँमा चुँदी खोलाले बगाएर २ जनाको मृत्यु

death body

तनहुँ । तनहुँमा चुँदी खोलाले बगाएर दुई युवाको मृत्यु भएको छ।

आइतबार माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरु मृत भेटिएका हुन्। उनीहरुको शव पोस्टमटको लागि दमौली अस्पतालमा लगिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ