नेपालमा मंकीपक्सको आशंका गरिएका युवकमा कुष्ठरोग भएको पुष्टि

नेपालमा मंकीपक्सको आशंका गरिएका युवकमा कुष्ठरोग भएको पुष्टि

health swasthya

काठमाडौं । मंकीपक्सको आशंका गरिएको व्यक्तिमा कुष्ठरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडेकियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा रहेको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मीले एक जना व्यक्तिलाई विशेष परामर्शको लागि असार २ गते शुक्रराज ट्रफिकल तथा सरुवा रोग स्पताल टेकु काठमाडौंमा पठाईएको थियो ।

उक्त व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्ने क्रममा विभिन्न ६ ठाउँमा जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठरोगको जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार युवक २६ वर्षीय पुरुष हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ