मोटरसाईकल चोरीमा संलग्न रहेको अभियोगमा पर्वतबाट २ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न रहेको अभियोगमा पर्वतबाट २ जना पक्राउ

arrest

पर्वत। मोदी गाउँपालिका-६ तिलाहार बस्ने याम बहादुर केसीको घर अगाडि पार्किङ गरी राखेको ध.१ प २४९२ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कुश्मा नगरपालिका-११ बस्ने २८ वर्षीय सन्तोष बिक र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । शुक्रबार बिहान पार्किङ गरी राखेको ठाउँबाट मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले मोटरसाइकल चोरीमा संलग्न उनीहरूलाई आफनै घर वतनमा लुकी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरू माथि चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ