तनहुँमा १२ वर्षीया बालिका करणी गरेको आरोपमा ४३ वर्षीय पुरुष पक्राउ

तनहुँमा १२ वर्षीया बालिका करणी गरेको आरोपमा ४३ वर्षीय पुरुष पक्राउ

rapedd

तनहुँ। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
जिल्लाको म्याग्दे गाउँपालिका वडा नं -५ थाङ्दी डेरा गरी बस्ने गोरखा चुनमुवी गाउँपालिका -३ घर भएका ४३ वर्षीय चन्द्र बहादुर गुरुङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालिकाका परिवारले गत बैशाख १६ गते गुरुङले जबरजस्ती करणी गरेको भन्ने जाहेरी दिए  पश्चात इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि नावालिका करणी मुद्धा अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ