पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेम्जा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।
हेम्जाको गौरी शंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोलको अग्रता बनाउँदै आयोजकले फाइनलको यात्रा तय गरेको हो । हेम्जाको जितमा दुवै गोल कमल थापा मगरले गरे ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने हेम्जाले २ गोल गर्न सफल भएको हो । खेलको दशौं मिनेटमा हेम्जाका सुनिल विकले अग्रता गर्ने सुवर्ण अवसर खेर फाले । पेनाल्टी क्षेत्रमा खाली रहेका उनलाई सन्जोक केसीले उत्कृष्ट पास दिएपनि उनले भेट्न सकेनन् । १२ औं मिनेटमा खुमलटारका दिवस छन्त्यालले २ डिफेन्डरको बिचबाट गरेको शसक्त प्रहारलाई हेम्जाका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । उक्त बलमा पाएको कर्नरमा कप्तान आसिष श्रेष्ठको हेडर क्रसबार नजिकैबाट बाहिरिदा अग्रता लिने अर्को अवसर गुमेको हो ।
पहिलो हाफमा बराबरीमा रोकिएपनि दोस्रो हाफको ८ औं अर्थात खेलको ५३ औं मिनेटमा हेम्जाका कमलले अग्रता दिलाए । उनले बायाँ एरियाबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो । उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आयोजकलाई फाइनलको यात्रा पक्का गराए । दोस्रो हाफमा भने खुमलटारको प्रदर्सन निकै खस्किएको थियो । दोस्रो हाफमा खुमलटारले खासै प्रहार गर्न सकेन ।
हेम्जाका प्रशिक्षक शौरभजंग कार्कीले आफुहरु योजना अनुरुप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । उनले खुमलटारको कम्जोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफल भएको बताए । उता खुमलटारका म्यानेजर अञ्जन रानाले आफुहरुले रक्षात्मक तरिकाको खेल खेल खेल्दा स्ट्राइक लाइनमा निकै समयस्या आएको सुनाए । उनले स्ट्राइक लाइनमा कम्जोरी हुदाँ गोल गर्न नसकेको प्रतिक्रिया दिए ।
प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइज विच फाइनल प्रवेशका लागि अन्तिम खेल हुदैँछ । असार ४ गतेदेखी संचालन भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको छ । हेम्जा एकेडेमी संचालनार्थ प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु