पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पछिल्लो ६ महिनाको अवधिमा कास्की जिल्लामा ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु घटेको तथ्यांक सार्वजनिक गरेको छ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि सन् २०२२ जनवरीदेखि जुनसम्म घटेका घटनाहरुको सार्वजनिक तथा समिक्षा कार्यक्रममा कास्कीमा सन् २०२२ जनवरीदेखि जुनसम्म ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख भएको जनाएको छ।
६ ओटा बाल अधिकार अन्तर्गत बलात्कार, बलत्कार प्रयास, यौन दुर्व्यवहार, २ ओटा महिला अधिकार अन्तर्गत बलात्कार र यौन दुव्र्यवहार, घरेलु हिंसाका ३५, गिरफ्तारीका चार, सम्पत्ती क्षतीका दुई हत्याका ४ वटा घटना सङ्कलन गरिएको कास्की प्रतिनिधि सुशन घिमिरेले जानकारी दिए।
कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले ग्रामीण क्षेत्रमा मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको बताउँदै ग्रामीण क्षेत्रमा सचेतना फैलाउनुपर्ने बताए। उनले राज्य र नागरिक दुवैपक्षले मानवअधिकारको पालना गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मोहन काफ्लेले आयोगमा समेत महिला हिंसा सम्बन्धि घटनामा बढी उजुरी पर्ने गरेको बताए।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले संयुक्त राष्ट्रसंघले पारित गरेको ७ वटा ठूला महासन्धिमा केन्द्रित रहेर आफूहरुले मानवअधिकारको बारेमा अनुगमन गर्दै आइरहेको बताए।
उनले यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिहरुले अधिकारका विषयमा विभिन्न फोरमहरुमा आवाज उठाउँदै आएपनि न्यायिक प्रक्रियामा जान नसकिरहेको भन्दै पिडा पोख्ने मात्रै नभई न्यायिक प्रक्रियामा समेत अगाडी बढ्नुपर्ने भनाई राखे।
गैरसरकारी संस्था महासंघ गण्डकी कार्यवाहक अध्यक्ष पदमराज पहारीले नागरिकहरु संविधानले प्रदान गरेका अधिकारबाट वञ्चित भएको बताए।
महिला मानवअधिकार रक्षक संजाल अध्यक्ष इन्द्र कुमारी शर्माले बालिका पीडित हुने घटनामा वृद्धि भइरहेको भन्दै चिन्ता व्यक्त गरे।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो