छात्रहरूमाथि अप्राकृतिक यौन दुर्व्यवहार ! कास्कीकाे ज्ञानज्योति बोर्डिङका सञ्चालक पक्राउ

छात्रहरूमाथि अप्राकृतिक यौन दुर्व्यवहार ! कास्कीकाे ज्ञानज्योति बोर्डिङका सञ्चालक पक्राउ

Ramchandra Shahi

पोखरा । कास्कीकाे माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञानज्योति बोर्डिङ स्कूलका सञ्चालकलाई यौन दुराचारको आरोप लागेको छ । स्कुलका छात्रहरुलाई सञ्चालक रामचन्द्र शाहीले बाल यौन दुराचार तथा अप्राकृतिक मैथुन गरेको आरोप लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले स्कूलका सञ्चालक ४८ वर्षका शाहीलाई पक्राउ गरेकाे छ । पक्राउ परेका शाही विरुद्ध बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।

घटनाबारे विद्यार्थी र स्कुल प्रशासनबिच बिहिबार छलफल भएपनि विवाद नटुङ्गिएपछि शुक्रबार विद्यालय बन्दसमेत गरिएकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ