पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन् ।
कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्ललाई किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ ।
पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।
त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाई-फकाइ गर्दै आएका थिए ।
९ महिनापछि उजुरी
पीडित किशोरीले अति भएपछि आफूले उजुरी गरेको प्रतिक्रिया दिएकी छन् । पीडित किशोरीले ९ महिनापछि उजुरी दिएकी हुन् ।
शुरुमा घटना भएपछि मल्लले आफ्नो परिवार र व्यवसाय भएको भन्दै आफ्नो जीवन बर्बाद नबनाइदिन आग्रह गरेकोले किशाेरी प्रहरीकहाँ नगएकाे सुनाइन् । अब सुध्रने र पिछा नगर्ने सहमतिमा उनले क्षमा दिएपनि केही समयपछि मल्लले पटक पटक फोनमा, म्यासेजमा विभिन्न किसिमका कुरा गर्ने, भेट्न बोलाउने र आफूमाथिको व्यवहार परिवर्तन नगरेको, सम्झाइ-बुझाइ गर्दा पनि नमानेपछि अति भएर कानूनी बाटो रोजेको पीडित किशोरीले बताइन् ।
सम्बन्धित खबर
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
अशक्त २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
देउता चढेको भन्दै खुकुरी प्रहार गर्दा १ जनाको मृत्यु, २ गम्भीर घाइते
६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि