पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन् ।
कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्ललाई किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ ।
पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।
त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाई-फकाइ गर्दै आएका थिए ।
९ महिनापछि उजुरी
पीडित किशोरीले अति भएपछि आफूले उजुरी गरेको प्रतिक्रिया दिएकी छन् । पीडित किशोरीले ९ महिनापछि उजुरी दिएकी हुन् ।
शुरुमा घटना भएपछि मल्लले आफ्नो परिवार र व्यवसाय भएको भन्दै आफ्नो जीवन बर्बाद नबनाइदिन आग्रह गरेकोले किशाेरी प्रहरीकहाँ नगएकाे सुनाइन् । अब सुध्रने र पिछा नगर्ने सहमतिमा उनले क्षमा दिएपनि केही समयपछि मल्लले पटक पटक फोनमा, म्यासेजमा विभिन्न किसिमका कुरा गर्ने, भेट्न बोलाउने र आफूमाथिको व्यवहार परिवर्तन नगरेको, सम्झाइ-बुझाइ गर्दा पनि नमानेपछि अति भएर कानूनी बाटो रोजेको पीडित किशोरीले बताइन् ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो