पोखरामा सडकसँगै घर भासियो

पोखरामा सडकसँगै घर भासियो

Pokhara-raod-vasiyo

पोखरा । केही दिनदेखि भएको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–४ मा सडकसहित एक घर भासिएको छ।

फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको छ।

सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको र घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ।

सडक भासिएसँगै उक्त स्थानबाट पोखरा बागलुङ राजमार्ग हुँदै गणेशटोल, गैरापाटन आउजाउ गर्न रोकिएको छ। भासिएर सडकमा बनेको खाल्डो नगरपालिकाले पुर्न लागेको छ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ