नवलपुरमा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुरमा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

badhi

नवलपरासी । बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ।

नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रको सडक खण्डका तीन वटा डाइभर्सन बाढी बगाएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।

अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल निर्माण स्थलमा बनाइएका डाइभर्सन बाढीले बगाएको हो।

पानी निरन्तर परेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन कठिन रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ