स्याङ्जामा धन्सार भत्किँदा एक बालिकाको मृत्यु

स्याङ्जामा धन्सार भत्किँदा एक बालिकाको मृत्यु

balak

स्याङ्जा । स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

गल्याङ नगरपालिका वडा नम्बर १० डुबिनडाँडामा आज बिहान साढे ६ बजे ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्किँदा उनकी छोरी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

रेखा सुतिरहेका बेला धन्सार भत्किएर पुरिँदा उनी घाइते भएकी थिइन्। घाइते भट्टराईको उपचारका लागि गल्याङ लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा रेखाका दाई १६ वर्षीय लक्षमण भट्टराई घाइते भएका छन्।

गोठ भत्किँदा एउटा लैनोभैँसी र २ वटा बाख्राका पाठा पुरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ