Gandak News
Our News Your Views
Promote your business here Gandaknews

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

गुल्मी। १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुर्कोट गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजु थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले किशोरीलाई असार १४ गते दिउँसो सोही गाउँपालिका किटेनीस्थित गोठमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुर्कोटबस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस