फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल/मट्टीतेलमा ९ रुपैयाँ वृद्धि

फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल/मट्टीतेलमा ९ रुपैयाँ वृद्धि

Petrol-diesel-prices-hiked

काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

वृद्धि भएको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल अब १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँ पर्ने छ ।
वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ