गोरखामा बस दुर्घटना हुँदा २० जना घाइते

गोरखामा बस दुर्घटना हुँदा २० जना घाइते

accidentt durghatana

गोरखा । गोरखामा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

सिरानचोक गाउँपालिका–४ राम्चेमा बुधबार दिउँसो नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो।

दुर्घटनामा घाइतेमध्ये पाँच जनालाई उपचारका लागि चितवन रिफर गरिएको र बाँकी १५ जनाको छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुको अवस्था सामान्य छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ