बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने

बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने

road

लमजुङ । लमजुङको बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ।

उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ताका लागि बन्द गरिएको हो।

सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरुपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ।

संघीय सरकारको ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले ढलान गर्ने जिम्मा पाएको छ। २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो। नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो।

सेनाको कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds