पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

corona test

काठमाण्डौ। नेपालमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ। पछिल्लो २४ घण्टामा १८३४ पिसिआर र ११८६ एन्टिजेन गरी कूल ३०२० जनामा गरिएको परीक्षणमा थप १६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३७ जना कोरोनामुक्त भएका छन् भने, सोही अवधिमा ३५ हजार ४०२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन्।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७७० रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds