देशभर थप १३५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु पुष्टि

देशभर थप १३५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु पुष्टि

corona covidd

काठमाण्डौ। नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु पुष्टि भएको छ। स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी दैनिक अपडेट अनुसार आइतबार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु पुष्टि भएको हो। योसँगै, कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९५३ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका कूल ३०४१ जनामा गरिएको परीक्षणमा १३५ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ । भने सोही अवधिमा ५९ जना कोरोनामुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४३९ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ