गोरखामा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

गोरखामा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

accidentt durghatana

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ।

आज बिहान पौने ८ बजे भएको उक्त दुर्घनमा परी मोटरसाइकलमा पछाडी सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो। उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जना घाइते भएका छन्। घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय मनराज गुरुङको उपचार भइरहेको छ।

भच्चेकबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००३ प ४८१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बलेरो जिप आपसमा ठोक्किएका थिए।

दुबै सवारी साधन सहित बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ