काठमाडौं । अभिनेत्री मिरुना मगरले लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्नातकोत्तरमा ब्रनेल गोल्ड अवार्ड जितेकी छन्।
उनले बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेकी हुन्।
यसबारे सामाजिक सञ्जालबाट खुसी साट्दै उनले उतारचढावसहित आफूले यो उपलब्धि हासिल गरेको उल्लेख गरेकी छन्।
‘अनगिन्ती बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पनि सम्पन्न गर्न सकेकोमा म आफूलाई गौरवान्तित महसुस गर्छु। कैयौं निद्रारहित रातहरु, लकडाउनका शून्यताहरु र भित्रैदेखि मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा यो उपलब्धि हासिल भएको छ। यो सहयोग र समर्थनको लागि मेरो परिवार र साथीहरुलाई धन्यवाद नदिइरहन सक्दिनँ । मेरो जीवनमा उनीहरुलाई पाएकोमा कृतज्ञ छु।’ उनले लेखेकी छन्।
यही वर्ष ब्लकबस्टर बनेको उनी अभिनित फिल्म ‘कबड्डी ४’ अहिले पनि हलमा चलिरहेको छ भने उनी अभिनित फिल्म ‘जारी’ प्रदर्शनको तयारीमा छ।