गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखरा महानगरपालिका–२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएम फोडेर त्यहाँ भएको नगद चोरी गरिएको छ।
नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट शुक्रबार राति २ बजे बिना हातहतियार एटीएम फोडेर रकम चोरी भएको हो।
प्रहरीका अनुसार एटीएमको लक सामान्य तरिकाले नै खोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ। रकम रहेको बाकस भने विचारी चौतारीमा भेटिएको छ।
यस घटनामा प्राविधिक ज्ञान भएको व्यक्ति वा सिस्टम बुझेको व्यक्तिको संलग्न रहेको हुनसक्ने अनुमान गरिएको छ।
यसअघि पोखरा–९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो।
शुक्रबार मात्रै उक्त घटना घटेको थियो । घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो ।
सम्बन्धित खबर
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
अशक्त २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
देउता चढेको भन्दै खुकुरी प्रहार गर्दा १ जनाको मृत्यु, २ गम्भीर घाइते
६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि