पोखरा अमरसिंह चोकमा खुल्यो माछापुच्छ्रे मिनि मार्ट

पोखरा अमरसिंह चोकमा खुल्यो माछापुच्छ्रे मिनि मार्ट

macchapuchre mini mart

पोखरा । पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनि मार्ट संचालनमा आएको छ। पोखरामा रहेर विगत दुई दशक देखि सुन व्यवसायमा आवद्ध तीन दाजुभाई दुर्गा सुनार, गणेश सुनार र शिव सुनारको सयुक्त लगानीम उक्त मार्ट संचालनमा आएको हो।

मार्टको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं. १२ का वडा अध्यक्षले सन्तोष बास्तोलाले प्रतिकुल समयमा पनि युवाहरुले आफ्नो व्यवसायलाई फराकिलो बनाउन मिनी मार्ट संचालनमा ल्याएकोमा थप व्यवसायीक सफलताको शुभकामना दिए। पोखरा शहर छिर्ने वितिकैको पहिलो चोक अमरसिंह चोक भएकाले यसलाई थप सुन्दर र व्यवसायिक बनाउन आफु सधै प्रतिबद्ध रहेको वडा अध्यक्ष बास्तोलाले बताए।

देशकै नमुना विधालयका रुपमा परिचित अमरसिंह मावि.को जग्गामा संचालित मिनी मार्टले व्यापार मात्र नभएर गुणस्तरिय सेवा दिनेमा आफु विस्वस्थ रहेको अमरसिंह व्यापार व्यवसायी समितिका सचिब श्रीधर रानाभाटले बताए। उनले सुनबाट सुरु भएको व्यवसायिक यात्रा जनताको दैनिक आवश्यकता सँग जोडिएको नुन लगाएतका खाद्यन्नका सामान हुँदै विस्तारै पोशक तथा कपडा तर्फ पनि उन्मुखहोस भनि शुभकामना दिए। समाजसेवी एवम् सफल व्यवसायी डि.वी भुजेलले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै व्यवसायलाई अगाडि बढाउन आग्रह गरे। नेपाल सुन चाँदीव्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष भविन्द्र विश्वकर्माले महगींं र बैंकको चर्को व्याजले हरेक व्यवसाय मारमा परेको बताउदै व्यवसायी हकहितमा आवाज उढाउन आवश्यक रहेको बताए।

उद्घाटन कार्यक्रममा स्वागत गर्दै सन्चालक शिव सुनारले नाफामुखी भन्दा पनि सेवामुखी भावले व्यवसायमा हात हालेको बताए। उनले अमरसिंह माविमा अध्ययन्रत जेहेन्दार छात्र र छात्रा गरेर २ जनालाई वार्षिक रुपमा छात्रवृति उपलब्ध गराउने पनि जानकारी गराए। करिब १ करोडको लागतमा संचालनमा आएको मिनी मार्टमा घरायसी कामकाज लगाएत खाद्यन्नका सबै सामानहरु सुपथ मुल्यमा पाइने अर्का संन्चालक गणेश सुनारले बताए। मार्ट शुभारम्भको अवसरमा ग्राहकहरुका लागि ८ देखि १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए। उद्घाटन कार्यक्रमको संचालन मार्टका संचालक युवा व्यवसायी दुर्गा सुनारले गरेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ