File Photo
काठमाडौं। बैङ्किङ कसुर मुद्धामा फरार रहेकी पोखराकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका -१७ घर भइ हाल काठमाण्डौ -१३ बाफल बस्दै आएकी ४२ वर्षीया निशा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उच्च अदालत पाटनको २०७९ बैशाख १३ गतेको फैसलाले ५ दिन कैद सहित २३ लाख १४ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर गरेकोमा उनी फरार रहँदै आएकी थिइन्। फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका-६ टोखाबाट पक्राउ गरेको हो ।
गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तानी हुन नसकेपछि परेको मुद्धामा अदालतले उक्त फैसला गरेको थियो ।
हाल उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
बारामा गोली हानी भारतीय युवकको हत्या
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
अशक्त २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि