पोखरा। ताल छेउमा होटल, रेष्टुरेन्ट तथा रिसोर्ट । पोखरामा धेरै नै छन् । पोखरा भ्याली बाहिर पहिलोपटक कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ सुईखेत खोला छेउमा सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा आएको छ ।
हालै सञ्चालनमा आएको सुईखेत रिभर भ्याली रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ । सुईखेत रिभर भ्यालि रिसोर्ट आन्तरिक पर्यटकहरुको लागि नयाँ गन्तव्य बनेको छ । रिसोर्टमा राखिएको एटिभि बाईक राईड र स्वीमिङ पुल संगै रहेको प्राकृतिक मनोरम दृश्यले त्यहाँ जाने पर्यटकहरुको पहिलो रोजाई बन्ने गरेको छ ।
पोखरा तालै तालको सहरको रुपमा चिनिँदै आएको र पछिल्लो समय पोखरा भ्याली आसपासका डाँडाकाँडाहरुमा समेत पर्यटकीय गन्तव्य बनिरहदा प्राकृतिलाई नजिकबाट नियाल्न सकिने सुईखेत खोलाको छेउमा हरियालि वातावरणमा रमाउन चाहनेलाई लक्षित गरी आफुले सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा ल्याएको रिसोर्टका सञ्चालक जितेशमान गुभाजुले बताए ।
१५ रोपनी क्षेत्रफलमा ५ करोड लगानीमा सञ्चालनमा आएको सुईखेत रिभर भ्यालीबाट विहानीको सूर्य उदय र वेलुकाको सूर्य अस्तको समेत अवलोकन गर्न सकिने छ । पूर्व र पश्चिममा डाँडा काँडाको खोंचबाट सूर्योदय र सूर्यअस्तको दृश्यको छुट्टै अनुभव लिन सकिने गुभाजुले बताए ।
रिसोर्टमा आउने पर्यटकलाई सुईखेतमा मात्रै सिमित नबनाउने उदेश्य सहित आफुहरुले एटिभि बाइकको माध्यमबाट पर्यटकहरुलाई हेम्जाकोट हुँदै अस्ताम सम्मको प्याकेज बनाई सञ्चालन गरिरहेको बताए । एटिभि बाईकको माध्यमबाट अस्ताममा पुगेपछि त्यहाँ बाट उत्तरमा रहेका हिम श्रृङखला सँगै हेम्जा फाँट, पर्यटकीय गाउँ धम्पुस र पोखराको उत्तरी भेग अवलोकन गर्न सकिने भएकालेपनि आन्तरिक पर्यटकहरुको रोजाई सुईखेत रिभर रिसोर्ट हुने गरेको छ ।
त्यसैगरि छोटो दुरिमा एटिभि बाइक चलाउनेहरुले सुईखेत रिभर भ्याली हुँदै फेदि सम्मको यात्राको अनुभव गर्न सक्नेछन् । रिसोर्टमा बस्ने पाहुनाले हाईकिङ गरी कास्कीकोट दरबार, अस्ताम सम्म पुग्न सक्नेछन् । त्यसैगरि रिसोर्टमा स्वीमिङ पुलको समेत व्यवस्था रहेको छ । जसका लागि पनि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । त्यसैगरि रिसोर्टमा हाल छ वटा रुम रहेको छ जसमा बस्न चाहनेका लागि समेत विभिन्न प्याकेजहरुको व्यवस्था गरिएको रिसोर्टका अप्रेसन म्यानेजर सागर गुरुङले बताए ।
सुईखेत रिभर भ्यालि रिसोर्ट भित्र रहेको विभिन्न कटेजहरुले मधेसमा बसोबास गर्ने थारु बस्तीको झल्को दिने गरेको र यसले समेत पर्यटकहरुलाई आकर्षित गरेको छ । रिसोर्टमा पार्किङको पर्याप्त ब्यवस्था र बाल उधान समेत रहेकाले पारिवारिक वातावरणमा घुम्न आउनेहरुका लागि समेत उचित गन्तव्य बनेको छ ।
शान्त वातावरण प्राकृतिक हरियालीलाई नजिकबाट नियाल्ने सक्ने भएकाले रिसोर्टमा पर्यटकहरुको आकर्षण बढेको बताउँदै गुरुङले रिसोर्टमा बस्न चाहने पाहुनाहरुलाई लक्षित गरी साँझमा बार वे क्यू सँगै स्वीमिङको समेत व्यवस्था गरिएको बताए । रिसोर्टमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?