पोखरा । पर्वतको कुस्मा नगरपालिका वडा नम्बर २ खुुर्कोटकी मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । दुबै मिर्गौला फेल भएकी जुनाकुमारी रेग्मी बचाउ अभियानबाट संकलन भएको रकम पीडितलाई हस्तान्तरण भएको हो ।
पोखरामा शनिबार आयोजित एक कार्यक्रमका बीच कृष्ण कडेंल इन्द्रेणी फाउण्डेशन मार्फत् सहयोगी मनहरुले संकलन गरी पठाएका २० लाख बढी रकम हस्तान्तरण गरिएको यमबहादुर रेग्मीले जानकारी दिए ।
अमेरिकाबाट नेपालीहरुले संकलन गरेको उक्त रकम फाउण्डेशनको रोहवरमा अध्यक्ष कृष्ण कंडेलले पीडितलाई हस्तान्तरण गरे । आर्थिक संकलन अभियान संयोजक गंगाबहादुर क्षेत्री, सुरेश बहादुर क्षेत्री लगायतको सक्रियतामा संकलित २० लाख २९ हजार ९ सय २५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
यसबाहेक कतार र काेरियाबाट करिब ३ लाख संकलन गरी पठाइसकिएकाे छ । सुरूमै दाजुभाइले १ लाख प्रदान गरी रेग्मीलाई उपचारका लागि काठमाण्डाै पठाएका थिए ।
हस्तान्तरण कार्यक्रममा वरिष्ठ लाेक गायिकाहरू तारा थापा र कविता आले, लोक दोहोरी गायिका पार्वती जिसी लगायतका कलाकारहरु सहभागी भएका थिए ।
गुराँस पौडेल र राजेन्द्र रेग्मीले ईन्द्रेणी मार्फत् हस्तान्तरण गराउन भूमिका खेलेका थिए । पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिताका लागि ईन्द्रेणी टीम अहिले पोखरामै छ ।
यसैबीच, ईन्द्रेणी फाउण्डेशनलाई अमेरिकामा रहेका तेजेन्द्र बहादुर रेग्मी, राजन रेग्मी, लोकबहादुर क्षेत्री, प्रकाश क्षेत्री, गंगाबहादुर क्षेत्री, राजेन्द्र रेग्मी, सुरेश रेग्मी र धनबहादुर खत्रीले ८५ हजार सहयोग पनि गरेका छन् । उनीहरूले पठाएका उक्त रकम यमबहादुर रेग्मीले फाउण्डेशनका अध्यक्ष कँडेललाई हस्तान्तरण गरे ।
सम्बन्धित खबर
पर्वतको जलजलामा ५५ वर्षीया महिलालाई कुटपिट गरी करणी गरेको आरोपमा युवक पक्राउ
पर्वतमा जीप दुर्घटना हुँदा दुई बालबालिकाको मृत्यु, १० जना घाइते
पाेखराबाट नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको आरोपमा पर्वतका सुनार पक्राउ
पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
तस्बिर खिच्ने क्रममा पर्वतमा भीरबाट लडेर किशोरीको मृत्यु
पर्वतको ठुलीपोखरीमा भोलिदेखि हुने बृहत स्वास्थ्य शिविरको तयारी पूरा
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि