पोखरा। अविरल वर्षापछि घर माथिबाट आएको पहिरोका कारण कोठा भत्किएर पुरिँदा पोखरामा एक युवकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं -६ डिहिकोपाटन पँधेरोस्थित राति अन्दाजी १२:५५ बजेको समयमा लक्ष्मी खड्का क्षेत्रीको ब्लकले बनेको कच्ची घरको कोठा भत्किएर पुरिँदा कास्की माछापुच्छ्रे गाउँपालिका -१ भुर्जुङखोला तातोपानी घर भई उक्त घरमा डेरा गरी बस्दै आएका अन्दाजी २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता (डिएसपी) सुन्दर तिवारीले गण्डक न्युजलाई जानकारी दिए।
तिवारीका अनुसार घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालयबाट डिएसपी तिवारीको कमान्डमा २५ जना र सशस्त्र प्रहरी बल कालिका गणबाट स.प्र.नि.उमेश ढकालको कमान्डमा खटिएको १५ जनाको टोलीले सुनारलाई राति १:५५ बजे उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा उनको उपचारका क्रममा राति २:२० बजे मृत्यु भएको हो।
घटनामा मृतकका दिदी २७ वर्षीय सुनिता सुनार घाइते भएकी छन्। उनको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको छ भने सुनिताकी १० वर्षीय छोरी सिम्रन सुनारको सकुशल उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए।
पोखरा आसपास लगायतका क्षेत्रमा आइतबार साँझदेखि निरन्तर ठुलो वर्षा भइरहेको छ।
(भिडियो सौजन्य : जिल्ला प्रहरी कार्यालय कास्की)
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’