पोखरा। अविरल वर्षापछि घर माथिबाट आएको पहिरोका कारण कोठा भत्किएर पुरिँदा पोखरामा एक युवकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं -६ डिहिकोपाटन पँधेरोस्थित राति अन्दाजी १२:५५ बजेको समयमा लक्ष्मी खड्का क्षेत्रीको ब्लकले बनेको कच्ची घरको कोठा भत्किएर पुरिँदा कास्की माछापुच्छ्रे गाउँपालिका -१ भुर्जुङखोला तातोपानी घर भई उक्त घरमा डेरा गरी बस्दै आएका अन्दाजी २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता (डिएसपी) सुन्दर तिवारीले गण्डक न्युजलाई जानकारी दिए।
तिवारीका अनुसार घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालयबाट डिएसपी तिवारीको कमान्डमा २५ जना र सशस्त्र प्रहरी बल कालिका गणबाट स.प्र.नि.उमेश ढकालको कमान्डमा खटिएको १५ जनाको टोलीले सुनारलाई राति १:५५ बजे उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा उनको उपचारका क्रममा राति २:२० बजे मृत्यु भएको हो।
घटनामा मृतकका दिदी २७ वर्षीय सुनिता सुनार घाइते भएकी छन्। उनको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको छ भने सुनिताकी १० वर्षीय छोरी सिम्रन सुनारको सकुशल उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए।
पोखरा आसपास लगायतका क्षेत्रमा आइतबार साँझदेखि निरन्तर ठुलो वर्षा भइरहेको छ।
(भिडियो सौजन्य : जिल्ला प्रहरी कार्यालय कास्की)
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो