पहिरोले डुम्रे–बेँसीशहर सडक अवरूद्ध

पहिरोले डुम्रे–बेँसीशहर सडक अवरूद्ध

Pahiro

तनहुँ । पहिरोका कारण डुम्रे–बेँसीशहर सडकखण्ड अवरूद्ध भएको छ।

लमजुङको बेँसीशहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो जाँदा तनहुँको डुम्रेबाट लमजुङको बेँसीशहर जाने सडक अवरूद्ध भएको हो।

सोमबार पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहितको लेदो खसिरहेको छ।

सडकखण्ड अवरूद्ध हुँदा दुवैतर्फका सवारी साधनबीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

निरन्तर पानी परिरहेकाले सडकको पहिरो पन्छाउन कठिनाइ भएको डुम्रे–बेँसीशहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ