काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ८९५ कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी दैनिक अपडेट अनुसार देशभरका ३६८५ पिसिआर र २२२४ एन्टिजेन गरी कूल ५ हजार ९०९ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
यस्तै पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।
आज पुष्टि भएकासँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४९३४ पुगेको छ।