म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु, तीन जना बेपत्ता

म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु, तीन जना बेपत्ता

pahiro

म्याग्दी । म्याग्दीमा पहिरोले घर बगाउँदा दुुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन्।

मालिका गाउँपालिका–२ रुमको तामेङमा गएराती घामबहादुर विक र गोठे विकको घर पहिरोले बगाएको हो।

घरमा सुतिरहेको अवस्थामा बस्तीमाथिबाट खसेको पहिरोमा पुरिएका गोठे विकका छोरा राजन र नवीन विकको शव फेला परेको स्थानीयवासीले जनाइएको छ।

गोठे र उनकी श्रीमती गोरी विक घाइते अवस्थामा उद्धार गरिएको छ।

घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताहरुको खोजी गरिरहेका छन्।

खोजी र उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ