काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ८१४ कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी दैनिक अपडेट अनुसार देशभरका २७६२ पिसिआर र २६५३ एन्टिजेन गरी कूल ५ हजार ४१५ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
यस्तै पछिल्लो २४ घण्टामा २९९ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। आज पुष्टि भएकासँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५१४४ पुगेको छ।