पोखरा सभागृहमा बसको ठक्करबाट घाइते बृद्धाको मृत्यु

पोखरा सभागृहमा बसको ठक्करबाट घाइते बृद्धाको मृत्यु

bus-thakkar-pokhara

पाेखराकाे सभागृह चोकमा आज बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भइ हाल पोखराकाे लेकसाइड बस्दै आएकी ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन् ।

गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बसले बाटो क्रस गर्दै गरेकी बृद्धालाई आज बिहान साढे ७ बजे ठक्कर दिएको थियो ।

बससहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds