पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले जिल्लामा भर्खर आएको नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक अजय केसीलाई स्वागत गरेको छ। समुदायमा भइरहेका अहिलेको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यका साथ सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले कास्की प्रहरी प्रमुखलाई स्वागत तथा जानकारी गराएको हो।
कार्यक्रममा बोल्दै कास्की प्रमुख अजय केसीले मुख्य गरि ड्रग्स र साइबर ब्युरोलाई महत्व दिएर काम गर्ने बताए। ‘यस जिल्लामा भर्खरै आएकाले अध्ययन गर्दैछु। एक अर्कालाई हातेमालो गर्दै अगाडी बढियो भने समाजमा रहेका विकृति, विसंगतिहरुलाई हटाएर सभ्य र शान्त समाजको निर्माण गर्न सक्छौं। हामी तपाईहरुको सुरक्षाका लागि २४ सै घण्टा खटिन प्रतिवद्ध छौं।’ –उनले भने।
त्यस्तै सामुदायि प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका कार्यबाहक अध्यक्ष भिम पराजुलीले सेवा केन्द्रले लागुऔषध नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलिरहेको बताए। सचेतनाका विभिन्न कार्यक्रम गरिरहेको र यसले समाजमा सकारात्मक असर परेको दावी समेत पराजुलीले गरे। उक्त स्वागत कार्यक्रममा वक्ताहरुले सामुदायिक प्रहरी सेवा केन्द्रमा थप १ जना प्रहरी आवश्यक रहेको बताएका थिए।
सम्बन्धित खबर
पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा
पोखरेली टेनिस खेलाडीहरु टेनिस टुर गर्दै चितवनमा
युनाइटेड क्लबद्वारा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई न्यानो कपडा वितरण
मयूर बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा
एसओएस गण्डकीमा वृहत् विज्ञान प्रदर्शनी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका