पोखरा। कास्की प्रहरीले एटिएम मेशिन फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका -३ निवासी २३ वर्षीय कृष्ण बहादुर विक रहेका छन्।
प्रहरीका अनुसार गएको साउन २० गते शुक्रबार राति अन्दाजी ११ बजेको समयमा पोखराको बिरौटास्थित एनआईसी एसिया बैंकको एटिएम मेशिन फोडी नगद चोरी गरिरहेको भन्ने सूचना पश्चात तत्काल खटिएको प्रहरीको टोलीले विकलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार पक्राउ परेका विक यस अगाडि पनि माछापुछ्रे बैंकको एटिएम मेशिन फोड्दै गरेको अवस्थामा पक्राउ परी चोरी उद्योग मुद्धामा जिल्ला अदालत कास्कीबाट रू एक लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागी थुनामा पठाएकोमा पछि अदालतबाट मुद्दा फैसला पश्चात तोकिएको कैद भुक्तानी गरी छुटेको थाहा भएको छ।
हाल उनीमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थपको अनुमति लिएर चोरी उद्योग कसुरमा आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।
पछिल्लो समय पोखरामा एटिएम मेशिन फोडेर चोरी गर्ने क्रम बढेको छ। गत असार ३१ गते पोखराको सभागृह चोकमा रहेको एनआईसी बैंकको एटीएम फोडिएकोमा पुनः साउन ४ गते पोखरा -२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख चोरी भएको थियो।
सम्बन्धित खबर
महिलालाई खाजा खाने भन्दै रेष्टुरेन्टमा लगी करणी गरेको अभियोगमा एक पक्राउ
महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीको जागिर चट्
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
बागलुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
नायक अनमोल केसी पक्राउ, १० लाख लिएर ‘रावायण’ नखेलेको आरोप
तनहुँका दुई मेडिकल सञ्चालक पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल