कालीगण्डकी नदीले बगाउँदा ७६ वर्षीय वृद्ध बेपत्ता

कालीगण्डकी नदीले बगाउँदा ७६ वर्षीय वृद्ध बेपत्ता

kaligandaki

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा दोलखा बैधेश्वर गाउँपालिका–३ का ७६ वर्षीय जङ्गबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शुक्रबार कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

उनको खोजी कार्य जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ