पोखरा मलको फेन्सी पसलमा आगलागी

पोखरा मलको फेन्सी पसलमा आगलागी

Pokhara mall aaglagi

पोखराको पृथ्वीचोक स्थित पोखरा मलमा रहेको एक फेन्सी पसलमा शुक्रबार राति आगलागी भएको छ । मलमा रहेको बी यूथ स्टाइल फेन्सी पसलमा बिद्युत् सर्ट हुँदा आगलागी भएको हो ।

राति ९ बजेतिर भएको आगलागीबाट झण्डै करोडको सामानको क्षति भएको पसल सञ्चालकले दाबी गरेका छन् । प्रहरीका अनुसार आगलागी भएको जानकारी लगत्तै पुुगेको टोलीले करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिएको हो । पोखरा महानगरको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको हो ।

तत्काल आगो नियन्त्रणमा लिइएका कारण नजिकै जोडिएका पसलसहित भवनमा रहेको नेपाल बैङ्कसहितका दर्जनौं पसलहरू आगलागीको जोखिमबाट जोगिएका छन् ।

पसलका सञ्चालक विकास क्षेत्रीका अनुसार आगलागीबाट करिब एक करोड रकम बराबरको क्षति भएको छ । भरत खत्री क्षेत्रीले विगत ११ वर्षदेखि उक्त पसल सञ्चालन गर्दै आएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ