पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

Death Dubera

पर्वत । पर्वतको फलेवास नगरपालिका– ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका– ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटा रहेका छन्।

बिदामा साथीहरुसँग पर्वतको भंगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर उनको ज्यान गएको हो।

दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो। अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको छ।

परिवार सम्पर्कमा आएपछि मृतकको शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds