मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न कास्की प्रशासनकाे आग्रह

मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न कास्की प्रशासनकाे आग्रह

CDO-Office-Kaski-740×360-1

पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध भदौ ५ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न पीडितहरूलाई आग्रह गरेको हो ।

सूचनामा लेखिएको छ – “कास्की जिल्लामा मिटरब्याजीहरुले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय कास्कीका वा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराउन सबैमा सूचित गरिन्छ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ