पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले शिक्षामा लगानी अनुरुप प्रतिफल हासिल गर्न नसकेको बताइएकी छन् । मंगलबार पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह समापनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षामा लगानी अनुरुप प्रतिफल नआएको बताइन् ।
उनले सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यको लगानी अनुरुप अपेक्षित प्रतिफल हासिल हुन नसकेको बताउँदै पोखराको विन्ध्यवासिनी मावि लगायत केही विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइन् । उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थी सबैको सामूहिक प्रयासको खाँचो रहेको भनाई छ ।
उनले राष्ट्रको समृद्धि र विकासका लागि अवश्यक श्रोत साधन पहिचानका लागि शिक्षा आवश्यक रहेको बताइन् । उनले प्राकृतिक श्रोत र सांस्कृतिक सम्पदामा आधारित उद्यमशीलता प्रवद्र्धनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा अबको शिक्षा आवश्यक रहेको बताइन् । उनले अहिलेको शिक्षा प्राविधिक हुने पर्नेमा जोड्दिइन् ।
उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा विद्यालयको नवनिर्मित ३२ कोठे भवनको उद्घाटन समेत गरिन् । समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले विद्यालयको प्रगतिबारे चर्चा गरेका थिए । २००४ सालमा स्थापना भएको विन्ध्यवासिनी विद्यालयमा हाल १ हजार २ सय ८८ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयमा शिक्षक कर्मचारी गरेर ८२ जना कार्यरत रहेको प्रधानध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
विन्ध्यवासिनी विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र पर्न सफल भएको विद्यालय हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको देशका ६२ जिल्लाका विद्यालयको मूल्यांकनमा विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ मा छनौट गरेको हो । विद्यालयमा कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । विद्यालयमा विभिन्न विधाबाट राष्ट्रपति भण्डारीले सम्मानित गरेकी थिइन् ।
यसै बिच राष्ट्रपति भण्डारी तमु धिं नेपालले आयोजना गरेको तमुहरुको पर्व ट्होटेंमा सरिक भएकी छन् । उनले जातजातीले मनाउने पर्वलाई कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन हटाउने अवसरका रुपमा मनाउनुपर्ने बताइन् । मंगलबार नै भण्डारीले पोखरा विन्ध्यवासिनी मन्दिर पुगेर दर्शन गरेकी थिइन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती