प्रतिभा माविद्वारा नवआगन्तुक साढे ८ सय बढी विद्यार्थीलाई दुई दिवसीय कार्यक्रम गरी स्वागत

प्रतिभा माविद्वारा नवआगन्तुक साढे ८ सय बढी विद्यार्थीलाई दुई दिवसीय कार्यक्रम गरी स्वागत

Banner

पोखराको अग्रणी शैक्षिक संस्था प्रतिभा माविले यस वर्ष ८ सय ६४ विद्यार्थीलाई मात्र स्वागत गर्न सक्यो । एसईई उत्तीर्ण गरी प्रतिभा माविको प्रवेशद्वारमा पुगेका कूल २८ सय २५ विद्यार्थीमध्ये ३० प्रतिशतले मात्र प्रतिभामा पढ्ने अवसर पाए । विद्यालयमा उपलब्ध भौतिक पूर्वाधारले धान्ने जति विद्यार्थी मात्र लिन सकिएकाे विद्यालयले जनाएकाे छ ।

म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट पढ्नका लागि आवेदन दिएका १३ सय ७२ जनामध्ये ५ सय १२ जनाले मात्रै प्रतिभामा पढ्न पाएका छन् । यस्तै, विज्ञान संकायमा पढ्न आवेदन दिने १४ सय ५३ मध्ये ३ सय ५२ जनालाई मात्र प्रतिभाको ढोका खुलेको छ ।

यी विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरे । प्रतिभा माविले पोखराको सभागृहको हल २ दिनसम्म लिएर पहिलो दिन शुक्रबार व्यवस्थापन संकाय र दोस्रो दिन शनिबार विज्ञान संकायमा भर्ना हुने विद्यार्थीलाई स्वागत गरेको हो ।

पहिलो दिन सफल बैंकर एवं मोटिभेशनल स्पीकर अनिलकेशरी शाहले व्यवस्थापन संकायका विद्यार्थीलाई उत्प्रेरणा दिए । दोस्रो दिन शनिबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र मोटिभेशनल स्पीकर डा. नविन शर्माले विद्यार्थीहरुलाई प्रेरणामूलक वचनले उर्जा थपे ।

शनिबार नै प्रतिभामा जोडिएका सर्वोत्कृष्ट विद्यार्थीहरुलाई सम्मान पनि गरेको छ । गण्डकीमा यस वर्ष एसईईमा ४ जीपीए ल्याउने ३ जनामा २ जनाको रोजाई प्रतिभा नै बनेको छ । डिज्निल्याण्ड एकेडेमीकी रितिका पोखरेल र बालमन्दिर, लुम्लेका अभिषेक न्यौपानेले प्रतिभा छाने । साविक धौलागिरी प्रथम बब्लू शाह र तनहुँका टपर डेककुमार श्रेष्ठले पनि प्रतिभा नै चयन गरेका छन् । यी चार जनालाई प्रतिभाले विशेष सम्मान तथा स्वागत गरेको छ ।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेल, प्रवन्ध निर्देशक बलबहादुर थापा, निर्देशक किरण सापकोटा, प्राचार्य विश्वगोपाल पराजुली लगायतले सम्मान गरे ।

पोखरका मेयर धनराज आचार्यले उत्कृष्टहरूको रोजाई प्रतिभा मावि बनेकाले पोखरामा प्रतिभा मावि कास्कीकै उत्कृष्ट विद्यालय रहेको बताए । उनले विद्यार्थीहरुलाई अभिभावकप्रति नतमस्तक हुनुपर्ने, समय चिन्नुपर्ने, ईच्छाएको विषयमात्र पढ्नुपर्ने, हिजोको शिक्षण सिकाई र आजकोमा फरक रहेको लगायतका सुझाव दिए ।

घोकेर पढेर मात्र नहुने भन्दै उनले विद्यार्थीमा स्टुडेन्ट कल्चर चाहिने बताए । सबै मिलेर पोखरा बनाउनुपर्ने भन्दै उनले विद्यार्थीलाई महानगरको सिम्बोल अफ पोखरामा सहभागिता जनाउन पनि अनुरोध गरे । हेल्लो मेयर पोखरा कार्यक्रम ३ दिनपछि चलाउने भन्दै उनले पोखराबासीको समस्या तुरून्त सम्बोधन गर्ने बताए ।

विद्यालयले पनि फोहोरको वर्गिकरण गर्नुपर्ने भन्दै उनले प्रतिभाबाटै यो अभियान थालनी गर्न सुझाए । तत्काल विद्यालयले आइतबार बिहान ८ बजेबाटै कुहिने, नकुहिने र सिसाजन्य फोहोर फाल्ने गरी वर्गिकरण गरिएको डस्टविन विद्यालयमा राख्ने प्रतिबद्धता जनाएको छ ।

मोटिभेशनल स्पीकर डा. नविन शर्माले लक्ष्य ठूलो लिने र आफूप्रतिको विश्वासलाई सधैं कायम राख्नुपर्ने बताए । आफू एसएलसीमा ‘जस्ट पास’ भएपनि एमबीबीएसमा टपर भएको स्मरण गर्दै घोकेर र विगतको शैक्षिक स्तरले भविष्यको पढाई मापन नहुने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले भविष्यका डाक्टर, ईञ्जिनियर आँखै अगाडि देखिरहेको भन्दै यो दुई वर्ष प्रतिभामा निकै मेहनत र ईमान्दार भएर पढ्न सुझाए । उनले विद्यालयले गुणस्तरमा विशेष ध्यान दिएकाले नै विगतमा टपर विद्यार्थीहरु प्रतिभाबाट जन्मिएको उल्लेख गर्दै उत्कृष्टहरुबीच छानिएका विद्यार्थीले राम्रो नतिजा ल्याउनेमा आफू ढुक्क रहेको बताए ।

पोखरा नदिपुरमा रहेको प्रतिभा माविमा मन्टेश्वरीदेखि १२ कक्षासम्म विद्यालयमा करिब २९ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा मन्टेश्वरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । यहाँ ११ र १२ कक्षामा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनमा अध्यापन हुन्छ । विद्यालयले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान पनि गर्दै आएको छ । खेलकुद लगायतको विधामा पनि प्रतिभा अगाडि छ ।

तस्वीरः फाेटाे जेनिथ

सम्बन्धित समाचारः

प्रतिभाका विद्यार्थीमाझ ‘अनिल केशरी शाह’, ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने । जे बन्ने हो, त्यही पढ्ने ।’

‘प्रतिभा व्यक्तित्व सम्मान’बाट प्रा.डा. सुवेदी र ‘प्रतिभा वर्ष सम्मान’बाट क्रिकेटर मल्ल सम्मानित

कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान, को हुन् शुरती ? के भन्छिन् (भिडियो)

भलिबलकी कप्तान अरुणा एक लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित

प्रतिभावान् क्रिकेटर सन्दिपलाई पोखरामा प्रतिभाको एक लाखसहित सम्मान (फोटो फिचर)

प्रतिभाको प्रतिभा प्रस्फुटन कार्यक्रम । ‘सुपर डान्स सिजन २’ का आकाश थापाको प्रस्तुति

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds