पहिरोले बेनी–जोमसोम सडक खण्ड अवरुद्ध

पहिरोले बेनी–जोमसोम सडक खण्ड अवरुद्ध

Pahiro

म्याग्दी । पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो ।

पहिरोले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा सडक अवरुद्ध बनेको हो। केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ।

बेनी–जोमसोम–कोरला सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर पहिरो हटाउन थालिएको छ।

सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ