पोखरा। पोखराको लेखनाथमा शङ्कास्पद बस्तु भेटिएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको बिहानै पोखरा महानगरपालिका -२६ बुढी बजारमा शङ्कास्पद बस्तु फेला परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले गण्डक न्युजलाई बताए।
तिवारीका अनुसार अहिले उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको र उक्त शङ्कास्पद बस्तु बम हो या होइन भन्ने यकिन गर्ने काम भइरहेको उनले बताए।

यता, पोखरामा बन्दको प्रभाव न्यून देखिए पनि लामो दूरीका सवारी भने चलेका छैनन्। लामो दूरीका सवारी नचल्दा यात्रुहरू अलपत्र अवस्थामा चोक तथा यात्रु प्रतीक्षालयमा कुरिरहेका देखिन्थे।
सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । अहिले पोखरामा दुई पाङ्ग्रे तथा निजी कार सामान्य रुपमा चलिरहेका छन् । भने, छिटफुट रुपमा पसलहरु खुलेका छन्।
सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरू साना तीन दलले पनि समर्थन गरेका छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती