पोखरा आउँदै गरेको बसबाट १ हजार २ सय ट्याब्लेट लागु औषधसहित एक व्यक्ति पक्राउ 

पोखरा आउँदै गरेको बसबाट १ हजार २ सय ट्याब्लेट लागु औषधसहित एक व्यक्ति पक्राउ 

Arrest

तनहुँ। तनहुँको शुक्लागण्डकी बाट लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन् ।

शुक्लागण्डकी नगरपालिका -२ कोत्रेबाट अवैध लागु औषध सहित धादिङ जिल्ला सिद्ध लेक गाउँपालिका-६ निवासी ४२ वर्षीय पूर्ण बहादुर बिक पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट नाईट्राभेट १ हजार २ सय ट्याब्लेट बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार रौतहटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ५४६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विकलाई लागू औषध सहित पक्राउ गरिएको  हो ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ